काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विक्री गर्ने व्यक्तिको नाम खुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले नेपालको गोप्य सूचना बेच्यो गृहमन्त्री रवि लामिछानेलाई प्रस्ट पार्नका लागि रुलिङ लागि सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
सांसद केसीले भने, ‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो । त्यो पनि सभामुखज्यूलाई साक्षी राखेर भन्नुभयो ।
यो अत्यन्तै गम्भीर कुरा हो, यो केवल आन्तरिक मामिलासँग मात्र सम्बन्धित छैन, यही संसदमा गोप्य सूचना बेच्ने मान्छे छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने कुरा अत्यन्तै गम्भीर कुरा हो । नेपाली जनता हेर्न चाहन्छन् को रहेछ त्यो देशको गोप्य सूचना बेच्ने ? यसको जानकारी चाहियो । कहिले, कहाँ, कसरी, कति मूल्यमा देशको सूचना बेचियो ?’
सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीले भनेकोले गृहमन्त्रीको स्पष्ट धारणा माग गरेको भन्दै उनले यस मामिला त्यसै निभ्नेवाला नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेस सभापति थापा पोखरामा
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
चुनावमै देखिएनन देउवा, खड्का र सिंह, कांग्रेसमा आफ्नै भित्र अन्तरघातको आशंका
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?