काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आज सचिवालय बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष माधव नेपालले सचिवालय बैठक आह्वान गरेका हुन्। दिउँसो साढे १२ बजे बस्ने बैठकमा महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल हुनेछ ।
सचिवालय बैठकले सम्भवतः आजै मधेस प्रदेशका मन्त्रीहरू फिर्ता बोलाउनेछ । मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ । नयाँ सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने सत्तारुढ दलको तयारी छ । मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिँदैछन् ।
त्यसअघि नै एमाले, माओवादी, जसपा, जनमत लगायतका दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । त्यसका लागि एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता हुन एमाले माओवादीले आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने