गुल्मीको चन्द्रकोटमा कपडा बैंक स्थापना

सफल खबर संवाददाता

विहीबार, १७ जेठ २०८१, १५ : ३३
गुल्मीको चन्द्रकोटमा कपडा बैंक स्थापना

बुटवल । गुल्मीको चन्द्रकोट गाउँपालिकामा कपडा बैंक स्थापना भएको छ । बिहीबार चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले कपडा बैंकको शुभारम्भ गरेका हुन् ।

कपडा बैंकमा सङ्कलित कपडाहरूलाई पुनः प्रशोधन (री–साइकल) गरी आवश्यकताका आधारमा वितरण गरिने छ । उद्योग वाणिज्य संघ शान्तिपुरको सहयोगमा स्थापना भएको कपडा बैंकमा पुराना कपडाहरू  जम्मा गर्न सकिने छ ।

यसले गर्दा पर्यावरणमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिने उद्योग वाणिज्य संघ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले बताए ।कपडा बैंकका सञ्चालक कमल जिसीले आफूले  देशका विभिन्न ठाउँमा कपडा बैंक स्थापन गर्ने अभियान चलाएको बताए ।

उनले पछिल्लो ४ महिनाको अवधिमा सङ्कलित कपडा ७ सय घरपरिवारलाई वितरण गरिएको जानकारी दिए । क्लोथ एण्ड फुड बैङ्क नेपालले आगामी २०८२ सम्ममा देशैभर फुड एम्बुलेन्स समेत सञ्चालन गर्ने तयारी गरेको छ ।  हालसम्म १६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएको बताइएको छ ।   

प्रतिक्रिया दिनुहोस