काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले अहिले सरकारमा जाने काँग्रेसको कुनै योजना नभएको बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले काँग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताए ।
“काँग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ । हामी पार्टीलाई सङ्गठन सुद्धिकरण अभियानमा लैजाने तयारीमा छौँ”, नेता निधिले भने । संसदीय प्रणालीमा लोकतान्त्रीक शक्ति सत्तापक्षमा वा प्रतिपक्षमा बस्ने उनको भनाइ छ ।
फरक प्रसङ्गमा नेता निधिले संविधानमा मध्यावधी निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था नभएको उल्लेख गरे । “मुलुक मध्यावधी निर्वाचनमा जाने स्थिति देखिएको छैन”, उनले भने ।
मधेश प्रदेशमा नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) सहितका दलको सरकार बन्ने सम्भावना बढेर गएको नेता निधिको भनाइ थियो । यसबारे विषयमा छलफल सकारात्मक रुपमा भइरहेको उनले जानकारी दिए । सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बन्नु काँग्रेसका लागि ठूलो सफलता भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल