कालापत्थरमा रेस्लिङ, विश्व कीर्तिमान बनाउने लक्ष्य

सफल खबर संवाददाता

विहीबार, १७ जेठ २०८१, ०७ : २६
कालापत्थरमा रेस्लिङ, विश्व कीर्तिमान बनाउने लक्ष्य

काठमाडौ । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्ने उद्देश्य कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । 

मे २९ अर्थात ‘एभरेष्ट डे’ का अवसरमा सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरिएको हो ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको रेस्लिङमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र  अमेरिकाकी  रेस्लर  डानियल मोरिसन (डानी मो) बीच भिडन्त भएको थियो । खेलमा भगवतीले बाजी मारिन् ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन्  । जोगिन्दार पानवाला उपनामले चिनिएका हास्य कलाकार शिवशंखर रिजालले प्रस्तुतिसहित कार्यक्रम सञ्चालन गरेका थिए ।

मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस