काठमाडौं । दाङको गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको हो ।
इलाका प्रहरी aकार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको जानकारी दिइन् । उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।
दुर्घटनाको कारण खुलेको छैन । तर प्रहरी नियन्त्रणमा रहेका चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको बताएका छन् ।aप्रहरीका अनुसार बस सडक किनारको नालीमा पल्टिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै
धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते