पत्रकार सिग्देललाई युवा पत्रकारिता पुरस्कार

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १९ : २६
पत्रकार सिग्देललाई युवा पत्रकारिता पुरस्कार

काठमाडौँ । बागमती प्रदेश सरकारले पत्रकार राजकुमार सिग्देललाई 'प्रदेश युवा पत्रकारिता पुरस्कार' प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसरमा मंगलबार हेटौँडामा आयोजित एक विशेष समारोहका बिच नुवाकोटका सिग्देललाई सो पुरस्कार प्रदान गरिएको हो ।

बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उक्त पुरस्कार हस्तान्तरण गरे । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

सिग्देल हाल रातोपाटी अनलाइनमा आबद्ध छन् । समारोहमा अन्य ६ पत्रकारलाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा चितवनका ईश्वर जोशी, मकवानपुरकी सरिता दाहाल, पत्रकार महासंघ बागमतीका अध्यक्ष शिव देवकोटा (नुवाकोट), सिन्धुलीका बुद्ध नेपाली, रसुवाका हरि गजुरेल र दोलखाकी सृजना गोले रहेका छन् । सो समारोहमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिम मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलगायतकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस