बढेन वृद्धभत्ता, सामाजिक सुरक्षामा १ खर्ब १६ अर्ब बजेट विनियोजन

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १६ : ४२
बढेन वृद्धभत्ता, सामाजिक सुरक्षामा १ खर्ब १६ अर्ब बजेट विनियोजन

काठमाडौं। सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता रकम यथावत राखेको छ ।संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताएका हुन् ।

'ज्येष्ठ नागरिकलगायत लक्षित वर्गलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको छ,' मन्त्री पुनले भने ।यससँगै वृद्धभत्ता कम्तीमा एक वर्ष वृद्धि नहुने पक्का भएको छ ।सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस