चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डमा पर्ने चितवनको भरतपुर महानगरपलिका–२९ सत्र किलोमा गएराति चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा अन्य २३ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बर को ट्रक, काठमाडौँबाट महोत्तरीको बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकै ठाउँमा ठोक्किएका हुन्।
दुर्घटनामा ज्यान गुमाउने युवकको परिचय खुलेको छैन। दुर्घटनामा गम्भीर घाइते युवकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। चारवटै सवारी साधनका चालक पनि घाइते भएका छन्।
घाइतेहरुको कुरिन्टार, भरतपुर लगायतका ठाउँमा रहेका अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, ०६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु