काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले नेपालको सन्दर्भमा समाजवादको आधार तय गर्न सरकारको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभामा आइतबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले नेपाली मोडलको समाजवाद ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ रहेको भन्दै यो राष्ट्रिय आकांक्षामा सबै दलहरू सहमत रहेको दाबी गरे ।
पौडेलले भने, ‘सरकारको नीति तथा कार्यक्रम यति राम्रो छ कि विपक्षीले पनि बेल घेरेर नारा लगाउने भन्दा पनि यसमा सहभागी भएर ताली बजाउनुपर्ने खालको रहेको छ । यसले अलमलिएको विकास प्रयासलाई लिकमा ल्याएको छ र नेपाली शैलीको समाजवादको बाटो देखाएको छ ।’
नेता पौडेलले आन्तरिक ऋणको प्रयोग पुँजी वृद्धि र उत्पादनमूलक काममा मात्र खर्च गर्ने नीति लिइनु राम्रो रहेको भन्दै यसले सहकारी क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि विशिष्ट प्रकारको नियामक निकाय गठनको उद्देश्य राखिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनमा गम्भीर असर, गम्भीर समीक्षा आवश्यक’ : विष्णु पौडेल
वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ : विष्णु पौडेल
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री