पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनले घर्तीमगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनले घर्तीमगरको अध्यक्षतामा एक सय एक सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जिसीलाई चयन गरिएको छ ।
जिल्ला कमिटी सदस्यमा दलिततर्फ र जनजातिमा आठ–आठ, ४० वर्षभन्दा कम उमेरका युवा १६, महिला खुला चार, मजदुर, अल्पसङ्ख्यक, अपाङ्ग, मुस्लिम गरी एक–एकजना चयन भएका नेकपा एमाले पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षबाट स्वतः नेतृत्व हस्तान्तरण
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष