काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले बजेट सदनबाटै ल्याउने दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको बताएका हुन्।
उनले भने, ‘सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको छ। सहमति जुटाउन सरकारको तर्फबाट प्रधानमन्त्रीले प्रयत्न गरिराख्नुभएको छ। सदन चलिरहेको बेलामा बजेट अध्यादेशबाट ल्याउने कुरा हुँदैन।’
सरकारले सदनमै नीति तथा कार्यक्रम प्रस्तुत गरेको उल्लेख गर्दै समस्या समाधान गरेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेसपा एकता पश्चात १५ जना वैकल्पिक केन्द्रीय सदस्य समायोजन
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी सकारात्मक, सांसदलाई ह्विप नलगाउने