काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले बजेट सदनबाटै ल्याउने दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको बताएका हुन्।
उनले भने, ‘सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको छ। सहमति जुटाउन सरकारको तर्फबाट प्रधानमन्त्रीले प्रयत्न गरिराख्नुभएको छ। सदन चलिरहेको बेलामा बजेट अध्यादेशबाट ल्याउने कुरा हुँदैन।’
सरकारले सदनमै नीति तथा कार्यक्रम प्रस्तुत गरेको उल्लेख गर्दै समस्या समाधान गरेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस