काठमाडौँ । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज फेरि म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको सिरोहियालाई पुनः म्याद थपको लागि जिल्ला अदालत धनुषामा पेश गर्न लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको म्याद आज सकिँदैछ । अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौँको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो ।
उनलाई सोही राति स्थल मार्गबाट जनकपुरधाम ल्याएर अदालतमा पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने
रवि लामिछाने अदालत उपस्थित
आगजनीपछि आइतबारदेखि सञ्चालन हुँदै उच्च अदालत तुलसीपुर
अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादी पक्राउ
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज