बेलायतमा समयअगावै आम निर्वाचनको मिति घोषणा, संसद् भंग गर्ने तयारी

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, १२ : ००
बेलायतमा समयअगावै आम निर्वाचनको मिति घोषणा, संसद् भंग गर्ने तयारी

काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ मा आम निर्वाचन घोषणा गरेका छन् । नियमित तालिकाअनुसार सन् २०२५ मा निर्वाचन हुनुपर्नेमा प्रधानमन्त्री सुनकले ७ महिनाअघि नै चुनावको मिति घोषणा गरेका हुन् ।

उनले बुधबार राति लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । अप्रत्यासित रूपमा चुनावको मिति घोषणा गर्दै उनले बेलायतका लागि आफ्नो भविष्य चुन्ने समय आएको बताए ।

अब अर्को साता संसद विघटन हुँदैछ र त्यसपछि निर्वाचन प्रक्रिया शुरू हुने बबीबीसीले जनाएको छ । बेलायतको सत्तारूढ कन्जरभेटिभ पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेका हुन् ।राजा चार्ल्स तेस्रोलाई चुनावको मितिबारे जानकारी गराउनासाथ वर्तमान संसद् भंग गरिने छ । उनले २०२२ अक्टुबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस