महालक्ष्मी विकास बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेजबीच भयो यस्तो सम्झौता

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०७५, १६ : ०१
महालक्ष्मी विकास बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेजबीच भयो यस्तो सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज प्रा. लि.सँग गत भदौ महिनाको २६  गते एक सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले नर्भिक अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा ५% देखि ३०% सम्मको छुट पाउनु हुनेछ । प्याथोलोजी, रेडियोलोजी (सिटी÷एम.आर.आई स्क्यान सहित), मेमोग्राम, कार्डिएक नन इनभेसिभ परीक्षण तथा सर्जिकल चार्जमा बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले १० % छुट प्राप्त गर्न सक्नु हुनेछ । नर्भिक वार्षिक हेल्थ प्याकेजमा ३०% सम्मको छुट र बेड चार्जमा ५% छुट दिने सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले उक्त पत्रमा हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, बैंकका कर्मचारी लगायत कर्मचारीका परिवार(बाबु–आमा, श्रीमान–श्रीमती, तथा दुई सन्तान)ले नर्भिक इन्टरनेशनल हस्पिटलमा उल्लिखित छुट प्राप्त गर्न सक्नु हुनेछ । 
देशका ७५ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस