काठमाडौँ । साताको सुरु दिन देखिनै उकालो लागेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन पनि झण्डै २४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक २३.९४ अंकले बढ्दै २१ सय १५ अंकमा उक्लिएको हो ।
मंगलबार क वर्गको सेन्सेटिभ इन्डेक्स पनि ३.५३ अंकले बढ्दै ३७७.६० अंकमा उक्लिएको छ । करिब २४ अंकले नेप्से बढेको यसदिन ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार डेभलपमेन्ट बैंक समूह र ट्रेडिङ समूहको उपसूचक बाहेक अरू ११ वटा उपसूचक धनात्मक भएका छन् । डभेलपमेन्ट बैंक समूह र ट्रेडिङ समूहको उपसूचक भने क्रमशः ०.२९ प्रतिशत र ०.५३ प्रतिशतले घटेका छन् ।
मंगलबार जानकी फाइनान्स कम्पनी, निरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेका छन् भने दर्जन बढी कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार
४.५ अंकले घट्यो सेयर बजार
बढ्यो नेप्से, १० अर्ब ८७ करोडको कारोबार