शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति : ११ तोला सुन, ८ रोपनी जग्गा र बैंकमा डेढ करोड

सफल खबर संवाददाता

मंगलबार, ०८ जेठ २०८१, १६ : २२
शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति : ११ तोला सुन, ८ रोपनी जग्गा र बैंकमा डेढ करोड

काठमाडौं।  शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।सार्वजनिक विवरणमा उनको नाममा काभ्रेमा ८ रोपनी ६ आना जग्गा रहेको छ भने ११ तोला सुन रहेको देखिएको छ ।उक्त सुनमध्ये १० तोला उपहार र बिहेको बेला आएको र बाँकी एक तोला हजुरआमाको शेषपछि पाएको उल्लेख गरिएको छ । 

 

त्यस्तै उनीसँग उपहारमा पाएको १०० तोला चाँदी, उपहारमै पाएको एक सेट हीराको गहना र एक सेट हीराको टप रहेको छ ।उनको नाममा एनआईसी एसियामा १ करोड १५ लाख छ भने एभरेस्ट बैंकमा ३७ लाख पारिश्रमिकको रूपमा जम्मा भएको सम्पत्ति विवरणमा सार्वजनिक गरिएको छ ।

त्यस्तै उनको श्रीमान् पावल स्क्याविन्स्कीको को नाममा विदेशमा १ लाख ८९ हजार ७ सय डलर र १ लाख ८० हजार युरो रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

 

उनले आफ्नो पारिश्रमिकले किनिएको एउटा स्कूटर रहेको बताएकी छन् भने एक अर्को विदेशीको नाममा २० लाख पर्ने विद्युतीय गाडी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस