सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै बाँकी बसमा सवारहरू घाइते भएको र उनीहरूको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
‘बसमा १५ जना भन्दा बढी भएको अनुमान भइरहेको छ, हामी घाइतेलाई उद्धार गर्दै अस्पताल पुर्याइरहेका छौँ,’उनले भने, ‘मृतकको पहिचान खुलेको छैन भने घाइतेहरूको विवरण सङ्कलन भइसकेको छैन ।’
घाइतेहरूलाई प्रदेश उद्धार गर्दै प्रदेश अस्पताल पठाउने काम भइरहेको छ । बस दैलेखको दुल्लु नगरपालिकादेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते
धनकुटामा बस दुर्घटना हुँदा एकजनाको मुत्यु, १४ जना घाइते
शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते