बुटवल। एमालेको नवौं जिल्ला अधिवेशनबाट बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार गुरुङले डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
गुरुङले २९१ मत प्राप्त गरेर विजयी हुँदा बिसीले १५४ मत पाए । पूर्वपत्रकार समेत रहेका बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ थियो । निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री समेत रहेका खत्रीले ३१३ मत पाएका छन् । उनका प्रतिस्पर्धी रवीन्द्र लम्सालले १३८ मत पाए ।
सचिवमा बलराम भट्टराई १३९ मतका साथ विजयी हुँदा खिलप्रसाद भुसालले १०६, भीम वलीले ९५ र दत्त आचार्यले ८८ मत पाएका छन् । उपसचिव महिलामा निर्मला सुनार विजयी भएकी छन् भने अर्का उपसचिवमा किशोर थापा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले गराए अध्यक्ष पदमा उम्मेदवारी दर्ता
एमालेको निर्वाचन तालिका संशोधन
एमाले महाधिवेशन : पोखरेल समुहबाट कुन पदमा को बन्दैछन् उम्मेदवार ?
ओली प्यानलमा पृथ्वीसुब्बाले छोडे महासचिवको दावी, उपाध्यक्षमा सहमति
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आजै, मतदान भोली
एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता