काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबारदेखि ‘समीक्षा यात्रा’ सुरु गरेको छ । पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका दुर्बल पक्ष पहिचानका लागि रास्वपाले समीक्षा यात्रा सुरु गरेको हो।
यात्रा असार ५ गतेसम्म ३२ जिल्लाका ४८ स्थानमा केन्द्रित रहने जनाइएको छ। पार्टी महामन्त्री मुकुल ढकालको नेतृत्वमा नागरिकको घर–दैलोमा गएर पार्टीमा भएका सही, गलत तथा थप सुधार गर्ने विषयमा यात्रा केन्द्रित हुने रास्वपाले जनाएको छ।
वैशाख २१ गते बसेको सचिवालय बैठकले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो। यात्रा क्रममा आफूले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे प्रदेश र जिल्ला तहबाट रिपोर्टिङ लिने र नागरिकका समस्या बुझ्ने महामन्त्री ढकालले जानकारी दिए।
एक महिने यात्रामा महामन्त्री ढकाल ३२ जिल्लामा पुग्ने बताइएको छ। काठमाडौँबाट सुरु भएको यात्रा डोल्पा पुगेर टुंगिदासम्म महामन्त्री ढकाल ४८ वटा समीक्षा बैठक र कार्यक्रममा सहभागी हुने पार्टीले बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न रास्वपाको माग
घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ
चितवनमा हुने जनयात्रामा शान्तिपूर्ण रुपमा सहभागी हुन रास्वपाको अपिल
चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक : डा. स्वर्णिम वाग्ले