बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ ।
चौथो अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले सदनमा विधेयक टेबल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । प्रदेशसभा सदस्यहरूले विशेष समयमा सम्बोधन पनि गर्नेछन् ।
यसअघि बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गरेको थियो । यो विधेयकमा ९ वटा खण्ड रहेका छन् ।
लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐनको रुपमा जारी भइसकेको छ । स्थानीय सेवा र निजामती कर्मचारी विधेयक सँगसँगै अघि बढ्नुपर्ने भएपनि निजामती कर्मचारी विधेयक पारित भएपछि मात्रै स्थानीय सेवाको विधेयक अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभाको बैठक आजदेखि नयाँ भवनमा
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभामा बैठक बस्दै
बागमती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
बागमती प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिने