२९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति

एजेन्सी

आइतबार, ०६ जेठ २०८१, ०७ : ३९
२९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति

एजेन्सी । तनावबाट पीडित एक २९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ । नेदरल्याण्ड्सकी ती युवतीको नाम जोरया टेर बेक रहेको समाचारमा उल्लेख छ । 

उनले साढे तीन वर्षदेखि नेदरल्याण्ड प्रशासनलाई इच्छामृत्युका लागि मनाउने प्रयास गरेकी थिइन् भने यो महिना उनको मृत्यु हुनसक्छ ।

जोरया धेरै वर्षदेखि अटिजम र असहनीय मानसिक समस्यासँग संघर्ष गरिरहेकी छन् । अटिजम भएको व्यक्तिले आफैलाई प्रहार गर्छ र चोट पुर्याउँछ । उसलाई आत्महत्या गर्ने सोच आइरहन्छ । जोरयाले अब आफ्नो समस्याको समाधान नभएको महसुस गर्दै इच्छामृत्युको माग गरेकी थिइन् ।

तर, उनी शारीरिक रूपमा पूर्ण रूपमा फिट छिन् । यस्तो अवस्थामा उनको इच्छामृत्युको स्वीकृतिमा प्रश्न भने उठिरहेको छ । मानसिक रोगबाट ग्रसित मानिसहरुले इच्छामृत्युलाई अपनाउने गरेको बताउँछन् । जोराया बाल्यकालदेखि नै चिन्ता र आघातको सिकार थिइन् ।

जोरयाले द गार्डियनलाई बताए अनुसार उनको समस्या बाल्यकालबाट सुरु भएको थियो । उनी क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता समस्याबाट पीडित हुन थालिन् । यसबाहेक उनलाई अटिजमको समस्या पनि थियो । यसैमा उनी आफैंलाई दुःखी बनाउन थालिन् ।

जोरायाले आफ्नो रोगसँग लड्न इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) को ३० भन्दा बढी उपचार गराइन् । यसमा बिरामीलाई विद्युतीय झटका दिइन्छ । तर स्वास्थ्यमा कुनै सुधार नआएको जोरयाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस