संघीय संरचनामा कांग्रेस, ७ प्रदेशमा ३२५ नेता प्रस्ताव

पत्रपत्रिकाबाट

मंगलबार, ०९ असोज २०७५, ०७ : ३४
संघीय संरचनामा कांग्रेस, ७ प्रदेशमा ३२५ नेता प्रस्ताव

काठमाडौं । मुलुकको नयाँ संरचनाअनुसारको पार्टीको विधान तयार गरिरहेको नेपाली कांग्रेसले सात प्रदेशमा ३२५ नेता रहनेगरी प्रारम्भिक विधान बनाएको छ ।
७ प्रदेश कार्यसमिति फरकफरक संख्याको हुनेगरी विधान समितिले मस्यौदा तयार पारेको छ ।  प्रारम्भिक मस्यौदा बनाएर सोमबारबाट सातै प्रदेशमा सुझाव लिन पुगेको छ । प्रस्तावित विधानमा केन्द्रीय समिति बढीमा १३३ सदस्य, पदाधिकारी संख्या १० पु¥याउने प्रस्ताव छ । कांग्रेस केन्द्रीय कार्यसमिति ८५ सदस्यीय छ ।
मस्यौदाअनुसार प्रदेश १ मा १४ जिल्ला सभापतिसहित ४९, प्रदेश २ मा आठ जिल्ला सभापतिसहित ४३, प्रदेश ३ मा १३ जिल्ला सभापतिसहित ४९ जनाको समिति प्रस्ताव गरिएको छ ।

यसैगरी, गण्डकी प्रदेशमा ११ जिल्ला सभापतिसहित ४७, प्रदेश ५ मा १२ जिल्ला सभापतिसहित ४७, कर्णाली प्रदेशमा १० जिल्ला सभापतिसहित ४५ जनाको समिति प्रस्ताव गरिएको छ ।
यस्तै, प्रदेश ७ मा नौ जिल्ला सभापतिसहित ४५ जनाको समिति प्रस्ताव गरिएको छ । प्रत्येक प्रदेशमा २१ जनाको कार्यसम्पादन समिति बन्ने विधानमा प्रस्ताव गरिएको छ ।
राजधानी दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस