काठमाडौं । भक्तपुरमा शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ कि ४६ वर्षकी जमुना भट्टराई रहेकी छन् ।
सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा गए राति साढे ३ बजे शौचालय जाने क्रममा जमुना घरको पहिलो तलाबाट लडेकी थिइन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता राजन कार्कीका अनुसार लडेर गम्भीर घाइते भएकी जमुनालाई श्रीमान हिरा भट्टराईले काठमाडौं मेडिकल कलेज दुवाकोट लगेका थिए ।
अस्पतालमा उपचारका क्रममा उनले शनिबार बिहान साढे ५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्खुवासभामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी नियुक्त
लागुऔषध बेचबिखनको आरोपमा एक महिला पक्राउ
पाल्पामा एक महिला मृतावस्था फेला
बझाङमा एक महिलाको शव फेला
सङ्खुवासभामा महिलाको शव फेला
महिलालाई सीप सिकाउँदै स्थानीय तह