टेक्सास । अमेरिकाको टेक्सस र लुइजियानामा बिहीबार अबेर रात र शुक्रवार बिहान आएको विध्वंसकारी आँधी र मुसलधारे वर्षाका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । बाढीका कारण सडकहरू डुबानमा परेको छ भने १० लाखभन्दा धेरै घर र व्यवसायहरूमा बिजुलीको पहुँच ठप्प भएको छ ।
शुक्रवार गल्फ कोष्ट क्षेत्रमा थप बाढीको चपेटामा आउन सक्ने बताइएको छ । रुख ढल्दा दुई जनाको मृत्यु भएको बताइएको छ । क्रेन दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको थियो ।
आँधीबेहरीका कारण ह्यूष्टनमा कयौँ भवनमा क्षति पुगेको छ । टेक्ससमा ९ लाख ३४ हजार घर र व्यवसाय बिजुली बिना बस्नु परेको छ । लुइजियानामा पनि यो सङ्ख्या १ लाख ६६ हजार हाराहारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले राख्यो १० बुँदे प्रस्ताव
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने