काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशंकाहरुको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि सम्बद्ध सबै पक्षका प्रयासहरू केन्द्रित हुनुपर्ने बताएका हुन् ।
शुक्रबारदेखि काठमाडौँमा सुरु भएको कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले विशेष गरी आम नागरिक विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामूलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि नेपाल बार एसोसिएसन, कानुन व्यवसायी र अदालतले मिलेर काम गर्नुपर्ने बताए ।
अदालत र बार एसोसिएसन तथा न्यायाधीश र कानुन व्यवसायीहरूको भूमिका केही फरक रहे पनि सबैको लक्ष्य वा गन्तव्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति रहेको औँल्याउँदै उनले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने बताए । प्रधानन्यायाधीश श्रेष्ठले आगामी साउनदेखि लागू हुने गरी पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको भन्दै त्यसमा सुझाव दिन पनि नेपाल बारलगायत सम्बद्ध सबैमा आग्रहसमेत गरे ।
प्रधान न्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको मान्यतालाई अक्षुण्ण राख्दै संविधानले परिकल्पना गरेको न्यायपालिकाको भूमिकालाई सशक्त बनाउन नेपाल बारले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधान न्यायाधीश नियुक्ति विवादसँग सम्बन्धित रिट दर्तामा सर्वोच्च प्रशासन अनिर्णीत
प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध परेका उजुरी मंगलबारदेखि अध्ययन गरिने
कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश सिफारिस गरिएको सरकारको प्रष्टीकरण
डा. मनोजकुमार शर्मा प्रधान न्यायाधीशमा सिफारिस
संवैधानिक इजलासमा प्रधान न्यायाधीशले आफैँले न्यायाधीश छनौट गर्ने
प्रधान न्यायाधीशद्वारा सैनिक विशेष अदालतको निरीक्षण