काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरूको नियमित निरीक्षणको सिलसिलामा आज सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गरेका छन् ।
प्रधान न्यायाधीश राउत नेतृत्वको निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्नुभएको थियो । उक्त टोलीले निरीक्षण भ्रमणका क्रममा जंगी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिका सम्बन्धमा जानकारी लिएको थियो ।
सो क्रममा प्रधान न्यायाधीश राउतले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीहरूलाई विशेष निर्देशनसमेत दिएका थिए ।
भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललगायतका पदाधिकारीहरू, रथी वृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधान न्यायाधीश नियुक्ति विवादसँग सम्बन्धित रिट दर्तामा सर्वोच्च प्रशासन अनिर्णीत
प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध परेका उजुरी मंगलबारदेखि अध्ययन गरिने
कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश सिफारिस गरिएको सरकारको प्रष्टीकरण
डा. मनोजकुमार शर्मा प्रधान न्यायाधीशमा सिफारिस
संवैधानिक इजलासमा प्रधान न्यायाधीशले आफैँले न्यायाधीश छनौट गर्ने