राष्ट्रिय सभामा कांग्रेसको अवरोध

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १३ : ५०
राष्ट्रिय सभामा कांग्रेसको अवरोध

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

कांग्रेसको अवरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गरिदिए । पाँच मिनेट पनि बैठक बस्न सकेन । अर्को बैठक जेठ ६ गते दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन खुलाउने विषयमा छलफल भएको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कांग्रेसले राखेको छ । लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप कांग्रेसले लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस