काठमाडौं । राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।
कांग्रेसको अवरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गरिदिए । पाँच मिनेट पनि बैठक बस्न सकेन । अर्को बैठक जेठ ६ गते दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन खुलाउने विषयमा छलफल भएको थियो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कांग्रेसले राखेको छ । लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप कांग्रेसले लगाउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठकमा तीन अध्यादेश दर्ता, समितिका प्रतिवेदन पनि पेश
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
राष्ट्रिय सभाको बैठक बस्दै