काठमाडौँ । नेविसंघले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पक्षपाती व्यवहार संसदीय व्यवस्थामाथिको प्रहार गरेको आरोप लगाएको छ । हिजोको बैठकमा काँग्रेस र एमाले सांसदहरुबीच धकेलाधकेलको स्थिति बनेपछि नेविसंघका प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै बिहीबार संसदमा सत्तारुढ दल र सभामुखकै कारण संसद्को गरिमामाथि प्रश्न उठ्न पुगेको बताएका हुन् ।
संसदमा सत्तारूढ दलबाट प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध जारी रहँदा भएको असंसदीय कार्यप्रति आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहनु भएका काँग्रेस उपसभापति धनराज गुरुङले संसदभित्र नारा लगाइरहेका बेला एमाले सांसद केपी ओलीबाट भएको अस्वाभाविक व्यवहार निन्दनीय छ । संसद्मा रुलिङ सभामुखले गर्ने हो, सत्तारूढ दलले होइन भन्ने सामान्य मर्यादा नभुल्न पनि नेपाल विद्यार्थी संघ सत्तारूढ दललाई चेतावनी दिन चाहन्छ ।’
काँग्रेसले उठाइरहेको सहकारी ठगी र गिरीबन्धु टीस्टेटसँग जोडिएको जग्गा प्रकरणको विषयमा अनुसन्धान प्रभावित गर्ने र सत्ताको बलमा दोषी उम्काउने खेल नरोकिए प्रतिवादमा उत्रने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेविसंघले भन्यो : ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’
अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा : नेविसंघ
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति