काठमाडौँ । नेविसंघले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पक्षपाती व्यवहार संसदीय व्यवस्थामाथिको प्रहार गरेको आरोप लगाएको छ । हिजोको बैठकमा काँग्रेस र एमाले सांसदहरुबीच धकेलाधकेलको स्थिति बनेपछि नेविसंघका प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै बिहीबार संसदमा सत्तारुढ दल र सभामुखकै कारण संसद्को गरिमामाथि प्रश्न उठ्न पुगेको बताएका हुन् ।
संसदमा सत्तारूढ दलबाट प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध जारी रहँदा भएको असंसदीय कार्यप्रति आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहनु भएका काँग्रेस उपसभापति धनराज गुरुङले संसदभित्र नारा लगाइरहेका बेला एमाले सांसद केपी ओलीबाट भएको अस्वाभाविक व्यवहार निन्दनीय छ । संसद्मा रुलिङ सभामुखले गर्ने हो, सत्तारूढ दलले होइन भन्ने सामान्य मर्यादा नभुल्न पनि नेपाल विद्यार्थी संघ सत्तारूढ दललाई चेतावनी दिन चाहन्छ ।’
काँग्रेसले उठाइरहेको सहकारी ठगी र गिरीबन्धु टीस्टेटसँग जोडिएको जग्गा प्रकरणको विषयमा अनुसन्धान प्रभावित गर्ने र सत्ताको बलमा दोषी उम्काउने खेल नरोकिए प्रतिवादमा उत्रने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्न नेविसंघको माग
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड