काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले अहिलेको राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यक भएको बताएका हुन् ।
उनले संसदीय व्यवस्था समावेशी व्यवस्था रहेको र सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था भएपनि स्थायित्व र स्थिरताका निम्ति सफल हुन नसकेको बताए ।उनले नेपाली काँग्रेसले सबै राजनीतिक दलहरूसँग समन्वय गरेर संविधान संशोधनका निमित्त नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
उनले समानुपातिक निर्वाचन प्रणाली अस्थिरतामा आधारित प्रणाली रहेको भन्दै अहिले देखिएको सम्पूर्ण अस्थिरताका कारक तत्त्वहरूलाई खोलेर एउटा नयाँ बाटो दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफु दल नेता बन्न नपाउने भएपछि अर्जुन नरसिंहको अर्काे अड्को
सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी
कांग्रेसमा दल नेता : युवासँग नभिड्ने, सर्वसम्मत माग्ने अर्जुननरसिंहको तयारी
११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरिएको हो, अहिले पनि गर्न सकिन्छ’ : अर्जुननरसिंह केसी
नेपालीहरूको विदेशी बैंकमा रहेका अवैध सम्पत्ति राष्ट्रियकरण गरौँ’ : अर्जुननरसिंह केसी
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति