दीपेन्द्र टी-२० वरीयतामा शीर्ष १० मा पर्न सफल

सफल खबर संवाददाता

बुधबार, ०२ जेठ २०८१, १५ : ४९
दीपेन्द्र टी-२० वरीयतामा शीर्ष १० मा पर्न सफल

काठमाडौँ। नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा अटाएका छन् । आइसिसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औँ स्थानमा छन् । उनले एक स्थान सुधार गरेका हुन् ।

टी-२० अलराउण्डरतर्फ श्रीलङ्काका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् । दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन अलि ९ औँ र लियाम लिभिङस्टोन ८ औँ स्थानमा छन् । दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३ औँ स्थानमा छन् ।

टी-२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औँ र गुलशन झा ६० औँ स्थानमा यथावत् छन् । रोहित पौडेल एक स्थान घट्दै ६५ औँ स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४ औँ छन् । टी-२० को बलिङको वरीयतातामा सोमपाल कामी ९२ औँ स्थानमा यथावत् छन् । ब्याटिङतर्फ टी-२० मा दीपेन्द्र ५० औँ स्थानमा यथावत् छन् ।

रोहित पौडेल ३ स्थान तल झर्दै ६१ औँ स्थानमा पुगेका छन् । आसिफ शेख एक स्थान तल झर्दै ८७ औँ स्थानमा छन् । नेपाल टी-२० आई वरीयता १७ औँ स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस