मुम्बई । नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन भने सकेन ।
१८५ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि नेपालले लगत्तै छैटौं ओभरमा कुशल भुर्तेललाई पनि गुमायो । भुर्तेलले १७ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २९ रन जोडे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०८२, १९ : ३७
लेखकबाट थप