काठमाडौं। सगरमाथाको आरोहण कार्य बुधबार पनि नहुने भएको छ । प्रतिकूल मौसमका कारण बुधबार पनि सगरमाथाको आरोहण कार्य हुन नसक्ने पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । मंगलबार पनि प्रतिकूल मौसमका कारण सगरमाथाको आरोहण कार्य हुन सकेको थिएन ।
“सगरमाथाको क्याम्प चारभन्दा माथिको मौसमी प्रतिकूलताको कारण हिजो कुनै पनि टिमको समिट हुन सकेन र आज कुनै पनि समिट नहुने जानकारी पर्यटन विभागको फिल्ड कार्यालय, सगरमाथा बेसक्याम्पले जनाएको छ,” निर्देशक गुरुङले भने ।
आरोहणका क्रममा हराएका दुई मंगोलियन आरोहीहरूको खोज तथा उद्धार कार्य भइरहेको पनि उनले जानकारी दिए । उद्धारका लागि दुई शेर्पालाई मंगलबार नै पठाइएको र उनीहरू प्रतिकूलताका कारण क्याम्प चारमै रोकिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालिको आरोहण सिजनमा सयौँ चढे सगरमाथा
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
असई कुन्जाङले चढिन् सगरमाथा
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र