काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
ललितपुरको बालकुमारीस्थित कान्तिपुर सिटी प्यालेसमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।
ती प्रतिवेदनहरूमाथि केन्द्रीय कमिटीमा १२ वटा समूह विभाजन गरी छलफल चलिरहेको छ । बुधबार ती समूहका नेताहले छलफलको निष्कर्षबारे बैठकमा प्रस्तुत गर्नेछन् भने त्यसपछि निर्णय पारित गर्दै केन्द्रीय कमिटीको बैठक समापन हुने सो पार्टीले जनाएको छ ।
एकीकृत समाजवादीले आगामी असर १० देखि १६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने मिति तोकेको छ । सोही महाधिवेशनअघि पार्टी छलफलमा जुटेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय