काठमाडौँ । सर्वोच्च अदालतमा अब जुनसुकै मुद्दाको रिट अनलाइनबाट दर्ता गर्न सकिने भएको छ।एक कार्यक्रमका बिच सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले यो सेवाको शुभारम्भ गरे। आजैदेखि सार्वजनिक सरोकार, व्यक्तिगत र संवैधानिक इजलासका सबै रिट अनलाइनबाट दर्ता गर्न सकिने प्रधानन्यायाधीश श्रेष्ठले बताए ।
‘सूचना प्रविधिले हामीलाई पारदर्शी बनाउँछ । सुलभ रूपमा न्यायमा पहुँचमा पुर्याउन यो कार्यक्रम गरिएको हो’, उनले भने, ‘अनलाइनमा अब सबै रिटहरू दर्ता हुने छ। यसलाई सफल पार्नुपर्छ।’उनले जहाँसुकैबाट रिट दर्ता गर्न सकिने भन्दै उनले यसले न्यायालय, मुद्दाको पक्ष र कानुन व्यवसायीलाई पनि सहज बनाएको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश