काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताएका छन्।
मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो भनेका हुन। उनले जीवनका कुराहरु राम्रोसँग नोट नगरे जीवनसँगै सकिने र अर्को पुस्ताका लागि जानकारी पाउन कठिन बन्ने पनि बताए ।
अध्यक्ष नेपालले नेकपा विभाजन र नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणको बारेमा लेखिएको पुस्तक आउन लागेको भन्दै त्यस पुस्तकले विभाजन र पार्टी निर्माणको बारेमा सबै स्पष्ट पार्ने जानकारी पनि दिए।
‘जीवनका कुराहरु राम्रोसँग नोट गरिएन भने बिर्सिइन्छ, रेकर्ड गरिएन भने बिर्सिइन्छ । इतिहासका महत्वपूर्ण सबै पात्रहरुलाई भन्न चाहन्छु, इतिहासका प्रत्येक घटनाक्रमको बारेमा आफूले देखेका लागेका, अनुभुत गरेका भोगेका सबै कुराहरु लेखेर राख्न आवश्यक छ,’ अध्यक्ष नेपालले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
राजतन्त्र पुनर्स्थापना हुने सम्भावना छैन : नेपाल
जुनैबेला संसद विघटन गर्नसक्छु भन्ने सोचेर प्रधानमन्त्री ओली बसेका छन्ः माधव नेपाल