धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो।
निधन हुनेमा भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियार रहेकी छन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु