काठमाडौ । नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटार पुगेका छन् ।
आज सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको बेला संसदको जारी अवरोध खुलाउने विषयमा संवादका लागि कांग्रेस महामन्त्री गगन थापा, नेता रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका हुन् ।
उनीहरुले पार्टीको मागबारे प्रधानमन्त्रीलाई अवगत गराउँदै संसदीय छानबिन समिति गठनका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनेछन् । बालुवाटार छलफलबाट निस्कने निकासका आधारमा कांग्रेसले संसदीय दलको बैठकमा आवश्यक निर्णय गर्ने बताएको छ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी गठीको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।
यो माग पूरा नभए संसद चल्न नदिने कांग्रेसको अडान छ । कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ८ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक