काठमाडौ । नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटार पुगेका छन् ।
आज सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको बेला संसदको जारी अवरोध खुलाउने विषयमा संवादका लागि कांग्रेस महामन्त्री गगन थापा, नेता रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका हुन् ।
उनीहरुले पार्टीको मागबारे प्रधानमन्त्रीलाई अवगत गराउँदै संसदीय छानबिन समिति गठनका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनेछन् । बालुवाटार छलफलबाट निस्कने निकासका आधारमा कांग्रेसले संसदीय दलको बैठकमा आवश्यक निर्णय गर्ने बताएको छ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी गठीको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।
यो माग पूरा नभए संसद चल्न नदिने कांग्रेसको अडान छ । कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ८ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप