जोशीलाई महाअभियोग नलगाउन कांग्रेसको चेतावनी

पत्रपत्रिकाबाट

सोमबार, ०८ असोज २०७५, ०९ : ०२
जोशीलाई महाअभियोग नलगाउन कांग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग नलगाउन सत्ता पक्षलाई सचेत गराएको छ । राष्ट्रिय सभामा आइतबार विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले जोशीलाई महाअभियोग लगाउनु राजनीतिक गल्ती हुने उल्लेख गरे ।

‘कांग्रेसले विगतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा पेस गरेर गल्ती गरेकाले चुनावमा अहिलेको हालतमा पुग्यो,’ सांसद अधिकारीले भने, ‘कांग्रेसको जस्तो गल्ती सत्ता पक्षले नगरोस् ।’ सर्वोच्च अदालतका काम कसरी अघि बढाउने, कसलाई जिम्मेवारी दिने नयाँ प्रधानन्यायाधीशको अधिकार क्षेत्रभित्र पर्ने भएकाले त्यहाँ स्वतन्त्र रूपले काम गर्ने वातावरण हुनुपर्ने अधिकारीले बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।  

प्रतिक्रिया दिनुहोस