काठमाडौं । कामीरिता शेर्पा २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।
सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।
उनले गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखर पुगेका थिए। सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा थालेका थिए।
५४ वर्षीय शेर्पाले सगरमाथाका साथै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालसमेत आरोहण गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३२ औं पटक सगरमाथा शिखरमा पुगे कामिरिता