मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र

पत्रपत्रिकाबाट

आइतबार, ३० बैशाख २०८१, ०८ : ३५
मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र

काठमाडौ । नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालनका लागि नयाँ अनुमतिपत्र प्राप्त गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई   पाँच   वर्षका   लागि   मोबाइल   सेवाको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो । 

अनुमतिपत्रबापत २१ करोड रुपियाँ दस्तुर लिएर टेलिकमलाई  अनुमतिपत्र  उपलब्ध  गराइएको  प्राधिकरणले जनाएको छ ।

नेपाल टेलिकमले हाल सञ्चालन गरिरहेको मोबाइल सेवाको अनुमतिपत्रको अवधि शुक्रबार सकिएपछि  प्राधिकरणले  अन्तिम  दिन  नै  नयाँ  अनुमतिपत्र जारी गर्ने निर्णय गरेको खबर गोरखापत्रमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस