प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, १६ : १८
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले अवरोध गरेको छ। सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेपछि कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ । तर, सरकार समितिको पक्षमा छैन।

प्रतिक्रिया दिनुहोस