काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको संसद् बैठकमा रवि लामिछानेलाई बोल्न दिएर बाँकी कामकारबाहीमा अवरोध गर्नुपर्ने प्रस्ताव गरेका छन् । नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा थापाले यस्तो प्रस्ताव गरेका हुन् ।
‘रवि लामिछानेका बारेमा हामीले उठाएको मुद्दा ठीक छ । घटनाक्रमहरुले पनि त्यसलाई पुष्टि गरेका छन्’, थापाले बैठकमा भने, ‘रविजीलाई आज बोल्न दिनुपर्छ तर उहाँले बोलिसकेपछि संसद्का अरु कुनै पनि गतिविधि अघि बढ्न नदिने हाम्रो नीति हुनुपर्छ ।’
बैठकमा केही सांसदहरुले रविलाई संसद्मा बोल्नै दिन नहुने धारणा राखेका थिए । ‘संसद्मा रविलाई बोल्न नदिँदा कांग्रेसले बोल्नै दिएन भनेर जनमानसमा गलत सन्देश जान्छ। त्यसैले बोल्न दिने तर संसदीय समिति नबनेसम्म संसद्को अरु कामकारबाही अघि बढ्न नदिने नीति उपयुक्त हुन्छ’, थापाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा