विराटनगर । मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बस बुढीगंगा–३ बाँसबारी चोकमा पल्टिएर दुर्घटना भएको हो ।जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले दुर्घटनामा परी १८ जना घाइते भएको जानकारी दिए ।
सिराहाबाट यात्रु लिएर विराटनगर आउँदै गरेको बसको अगाडि अचानक मोटरसाइकल आएपछि बचाउन खोज्दा दुर्घटना भएको उनले बताए । घाइतेहरुको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको शरीरका विभिन्न भागमा चोट लागे पनि खतरामुक्त रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते