देशभरका १५ शहरमा डिशहोमको रोड शो : धरान बसपार्कबाट शुरू हुँदै​​

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १४ : ४०
देशभरका १५ शहरमा डिशहोमको रोड शो : धरान बसपार्कबाट शुरू हुँदै​​

काठमाडौं। डिशहोमले टी–२० र यूरो कप २०२४ लाई लक्षित गर्दै देशको विभिन्न १५ वटा शहरहरूमा रोड-शो गर्ने भएको छ ।मंगलवार साँझबाट शुरू हुने रेडियो अन-व्हील्स रोड-शोमा डिशहोम फाइवरनेटले पनि सहकार्य गरेको छ ।

 

कम्पनीका अनुसार कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन् ।रोड शोमा महिमा पण्डी भट्टराई, सन्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेश लिम्बू प्रस्तोताको भूमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्कीजस्ता ख्यातिप्राप्त कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् ।

यसका साथै सहभागीहरूले विभिन्न खेलहरूमा सहभागी भई पुरस्कारसमेत जित्न सक्नेछन् ।

कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि शुरू हुने  रेडियो अन व्हील वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते विराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगन्ज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भइ समापन हुनेछ।

कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ।

प्रतिक्रिया दिनुहोस