काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७, बाट ३६ किलो गाँजासहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश–३, का २३ वर्षीय राजेन्द्र घिसिङ, कैलाश–४, २७ वर्षीय विवेक प्रजा र हेटौडा उपमहानगरपालिका–१८, बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका प्रहरीले जनाएको छ ।
पर्सा राष्ट्रिय निकुन्जमा निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले शंका लागी सोधपुछ गर्दा उनीहरूको साथबाट सो परिमाणमा गाँजा बरामद भएको हो ।
नाङ्लो र नाङ्लोमाथि कालो प्लाष्टिकको झोलामा बोराले बेरेको पोका बनाएर गाँजा बोकेर हिँडेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०२ किलो बढी गाँजासहित भारतीय नागरिक पक्राउ
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा