काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौ राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा शीतल निवासमा सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्वपूर्ण पक्ष भएको बताएका छन् ।
पत्रकारिताको धर्म र व्यवसायिकताको माध्यमबाट राष्ट्रहितको प्रवद्र्धन गर्न यस क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताउँदै उनले भने, “पत्रकारिता क्षेत्रमा खोज र नविनता प्रवद्र्धनमार्फत अझ बढी व्यवसायिक, जिम्मेवार र समाजप्रतिको उत्तरदायित्व बहन गर्ने गरी प्रेसप्रतिको जनविश्वास बढाउने कार्यमा तपाईंहरू लाग्नुनै हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”
निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे । “लोकतान्त्रिक शासन प्रणालीमा मात्र निष्पक्ष र स्वतन्त्र पत्रकारिता सम्भव छ, त्यसैले अब यसको सुदृढीकरण र यो व्यवस्थाप्रति जनताको भरोसा अभिवृद्धिमा तपाईहरु अझ क्रियाशील हुनुहुनेछ”, उनले भने ।
सूचना प्रविधि र इन्टरनेटको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना प्रवाह गर्न नेपाली प्रेस आगामी दिनमा अझै प्रभावकारी ढंगले अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
सो अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) तथा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानी सिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) पुरस्कृत भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
चुनावपछि राष्ट्रपति फेरिन्छन् त, संविधानले के भन्छ ?
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल