काठमाडौं। बागमती प्रदेश सरकारले सोमवार (भोलि) बिदा दिने निर्णय गरेको छ ।प्रदेश सरकार मन्त्रीपरिषद्ले यही वैशाख १२ गते गरेको निर्णयअनुसार बिदा दिन लागिएको हो ।नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको थियो ।
तर यो बिदाको निर्णय अपरिपक्व हुँदा सेवाग्राही अलमलमा पर्ने देखिएको छ । प्रदेशका दुई कार्यालयका प्रवक्ताहरू नै कुन–कुन सरकारी कार्यालय बिदामा हुन्छन् भन्नेतर्फ प्रष्ट छैनन्।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रबहादुर अर्यालले प्रदेश अन्तर्गत नलेखेकाले प्रदेशका मन्त्रालय र ती मातहतका कार्यालय मात्रै बिदा हुने बताए ।उनले भने, ‘प्रदेश अन्तर्गतका नलेखेकाले सूचना अलि स्पष्ट भएन । बरु आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको निर्णय हुँदा उतै बुझ्नुहोला ।’
उक्त मन्त्रालयकी प्रवक्ता एवं उपसचिव मनुका घिमिरेले प्रदेश अन्तर्गतका सरकारी कार्यालय बिदा हुने बताइन् । ‘संघ अन्तर्गतका कार्यालयहरू सीडीओ कार्यालय, कारागार, अदालतजस्ता अड्डाहरू बिदा हुँदैनन् । तर, उनीहरूले बिदा बस्न खोजे मिल्छ’, उनले भनिन् ।
तर घिमिरेको जवाफले सेवाग्राही झन् अलमलमा पर्ने देखिएको छ ।संघमा रहेको गृह मन्त्रालयले भने उपत्यका बाहिरको हकमा मात्रै प्रदेशले बिदा गरेमा बिदा हुने जनाएको छ ।मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले प्रदेशले गर्ने ६ वटा बिदाहरूमा उपत्यकामा रहेका प्रदेश मातहतका कार्यालयबाहेक बाहिरका बिदा हुने बताए ।
उनले भने, ‘कतिपय प्रदेश मातहतका कार्यालयहरू संघ वा उपत्यकामा पनि छन्, तर यि कार्यालयहरू बिदा हुँदैनन् । उपत्यका बाहिरका कार्यालयहरू भने बिदा हुन्छ।’उनले उपत्यका बाहिरको हकमा प्रदेशले बिदा निर्णय गरेका संघका सबै कार्यालयहरू पनि बिदा हुन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
रमा आले मगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
बागमती प्रदेश सभाको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस
बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा