काठमाडौँ । हमासले गाजा युद्धको पूर्ण अन्त्य समावेश नगर्ने युद्धविराम सम्झौतामा सहमत नहुने बताएका छन् । हमासका वरिष्ठ अधिकारीले युद्ध अन्त्य नहुने युद्धविराम सम्झौता नगर्ने बताएका छन् ।
उनले भनेका छन्- 'हामास कुनै पनि परिस्थितिमा गाजामा युद्धको अन्त्यलाई स्पष्ट रूपमा समावेश नगर्ने सम्झौतामा सहमत हुने छैन । युद्धको पूर्ण अन्त्य बिना कुनै सम्झौता हुँदैन, गाजाको कब्जा हटाइनेछ ।' इजरायलले युद्धविराम प्रस्तावमा निरन्य गर्न एक साताको समय दिएको बेला हमासको यस्तो प्रतिक्रिया आएको हो ।
हमासले युद्ध अन्त्यको लागि आफ्नो मागलाई अस्वीकार गर्नु यस सम्झौताको बाटोमा बाधा बनिरहेको छ । अहिले हमासको प्रतिनिधिमण्डल युद्धविराम बारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा रहेको छ । अर्कोतर्फ इजरायलले बन्धकहरूलाई रिहा गर्न हमासबाट सकारात्मक प्रयास देखेपछि मात्र आफ्नो प्रतिनिधिमण्डल कायरो पठाउने बताएको छ ।
बेलायतले जारी गरेको विवरण अनुसार अमेरिका, इजिप्ट र कतार ४० दिने युद्धविरामको आह्वान गर्ने प्रस्तावमा हमासको प्रतिक्रियाको पर्खाइमा छन् । यसमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको आदानप्रदान पनि समावेश छ ।
हमासका अधिकारीले उक्त प्रस्तावमा गाजामा पूर्ण युद्धविरामका लागि आह्वान गर्ने स्पष्ट प्रावधान समावेश गर्नुपर्ने बताए । यद्यपि इजरायल यसका लागि तयार छैन । सम्झौताको मुख्य बाधा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दक्षिणी गाजा सहर रफाहमा स्थल सेना पठाउनको लागि आग्रह हो । यो क्षेत्र अहिले गाजाबाट विस्थापित नागरिकहरूले भरिएको छ । यो क्षेत्रम इजरायली सेना पुगेका ठुलो रक्तपात हुने चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २३ बैशाख २०८१, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो