भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् ।
पार्टी उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुलातर्फ दौलथकुमार कुलुङ, उपसचिव महिलातर्फ रमादेवी राई विजयी भए । नयाँ नेतृत्व चयनका लागि ८१ वटा वडाका छ सय आठ प्रतिनिधिमध्ये पाँच सय ७३ जनाले मतदान गरेका थिए ।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन भएको थियो ।
खुला सदस्यमा इन्द्र थापा, रेवतीरमन थापा, बद्रीनाथ निरौला, राजेश कटुवाल, नवीन प्रधान तथा महिला सदस्यतर्फ आशादेवी राई, सुस्मिता राई र सङ्गीता कँडेल निर्वाचित भएका छन् । अधिवेशनले पदाधिकारीसहित ९० सदस्यीय कार्यसमिति चयन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा खनाल
सहकारी प्राधिकरणको अध्यक्षका लागि ६ र विज्ञ सदस्यको लागि ५ जनाको आवेदन
समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित
प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी